२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘११ः५५’ मार्फत चलचित्रमा डेब्यु गर्दै सागर खनाल

सोमवार , चैत्र ३, २०८१

काठमाडौँ । सागर खनालले ‘११ः५५’ मार्फत चलचित्रमा डेब्यु गर्ने भएका छन् ।

सानैदेखि अभिनय गर्ने सौख र विद्यालयका स्टेजमा प्रस्तुति दिँदै बढ्दै गरेको सौखले उनलाई फिल्म अध्ययनका लागि ओस्कर इन्टरनेशनल कलेज अफ फिल्म स्टडिजसम्म ल्यायो । तर पढाइले मात्रै पुगेन, अवसरको खोजीमा कैयौँ अडिसनका लामा लाइनमा घण्टौ पनि बित्यो । अन्ततः मेहनत र धैर्यताले चलचित्र ‘११ः५५’ मार्फत परिणाम ल्यायो ।

नेपाली सिनेमा उद्योगमा खनाल यही चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘११ः५५’मार्फत डेब्यु गर्दैछन् ।

चलचित्रका टिजर, ट्रेलर र गीतमा दर्शक तथा समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

“पढाइका क्रममा अभियनसँगै यसबारे गहिरो ज्ञान प्राप्त भयो, यही मेहनतले ठूलो पर्दामा अवसर मिलेको छ”, उनले भने, “फिल्मको पढाइ मात्रै होइन, मेरो सिकाइ विद्यालयका स्टेज कार्यक्रमबाटै सुरु भएको हो ।”

सानैदेखि अभिनय सौख भए पनि पारिवारिक परिस्थितिका कारण उनले लामो समयसम्म यो बाटोमा हिँड्न पाएनन् ।

परिवारबाट अनुमति पाउनै गाह्रो भयो । तर एकोहोरो यही क्षेत्रमा लाग्छु भन्ने खनालको जिद्दिमा परिवार राजी भयो र ओस्कर इन्टरनेशनल कलेजमा फिल्म अध्ययनका लागि अनुमति मिल्यो ।

“मेरो यात्रा कहिल्यै सजिलो भएन, पढाइका बाबजुद पनि कैयौँ अडिसन दिए, कैयौँ स्वीकृति पनि पाएँ, अडिसनका लागि घण्टौँसम्म लाइनमा लागेका दिन अझै पनि ताजा छन्”, उनले भने, “हामी तपाईंलाई सम्पर्क गर्छौ भन्दा निकै आशा जाग्थ्यो, त्यति नै पीडा फोन नआउँदाको हुन्थ्यो ।”

यसअघि सागरले सर्ट फिल्म, नाटक, म्युजिक भिडियो, वेब सिरिज र विज्ञापनहरुमा काम गरिसकेका छन् । यसबाट सिकेको ज्ञान र सीपलाई ठूलो पर्दामा देखाउने उनलाई अवसर मिलेको छ ।

उनले भने, “यो मेरा लागि एक सपना जस्तै हो, साथमा डर पनि लागेको छ, मैले लामो समयसम्म गरेको संघर्षलाई दर्शकले कसरी लिनुहुन्छ हेर्न बाँकी छ, यद्यपि प्रारम्भिकरुपमा आएका प्रतिक्रियाले भने मलाई हौँसाएको छ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट