२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नौ महिनापछि सुनिता र बुच अन्तरिक्षबाट फर्किए पृथ्वी

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् ।

अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका हुन् ।

भारतीय समयअनुसार बिहान ३:२७ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरेको थियो ।

जब उनीहरू दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । जमिनमा आइपुग्न १७ घण्टा लागेको बताइएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका थिए।

उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडिओ सार्वजनिक भएको छ।

सुनिता विलियम्स र बुच विल्मोर ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् । बीबीसी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट