२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

म्यानमारमा शक्तिशाली भूकम्प, चीन र थाइल्याण्डसम्म धक्का

शुक्रवार , चैत्र १४, २०८१

एजेन्सी । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

भूकम्पको केन्द्रविन्दु बर्माको सागाइङ शहरको उत्तरपश्चिम १६ किलोमिटर (१० माइल) टाढा, मन्डले नजिकै रहेको छ। यो क्षेत्र राजधानी नेप्यीटओको करिब १०० किलोमिटर उत्तरमा पर्दछ।

नेप्यीटओमा भूकम्पको शक्तिले सडकहरू चिरिएको र छतबाट टुक्राहरू खसेको एएफपीका पत्रकारहरूलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पको धक्का चीन र थाइल्याण्डमा पनि महसुस गरिएको थियो। सामाजिक सञ्जालमा आएका भिडियोहरूमा बैंककमा मानिसहरू भवनहरू खाली गर्दै सडकमा जम्मा भएका देख्न सकिन्छ। ग्रेटर बैंकक क्षेत्रमा १७ लाखभन्दा बढी मानिस बस्छन् र तीमध्ये धेरैजसो उच्च भवनहरूमा बस्छन् ।

दिउँसो १ः३० (स्थानीय समय) बजे भूकम्प आउँदा भवनहरूमा अलार्महरू बज्न थाले र बासिन्दाहरूलाई सघन केन्द्रीय बैंककका उच्च भवन र होटलहरूबाट सिँढीमार्फत खाली गराइएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट