२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुगुका उत्कृष्ट तीन कृषक पुरस्कृत

शनिवार , चैत्र १५, २०८१

मुगु । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट मुगु जिल्लाका तीन जना कृषकहरू पुरस्कृत भएका छन्। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार हरेक वर्ष जिल्लामा उत्कृष्ट कृषि व्यवसाय गर्दै आएका कृषकमध्येबाट छनोट गरी उत्कृष्ट कृषक पुरस्कार वितरण गर्ने गरिँदै आएको छ ।

शुक्रबार जिल्ला कृषि विकास कार्यालय मुगुको आयोजनामा आयोजित कार्यक्रममा छनोटमा परेका उत्कृष्ट कृषकलाई नगदसहित प्रशंसापत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार मन्त्रलयको नीति नियमभित्र रहेर तरकारीखेतीबाट मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४ का बृखबहादुर भाम प्रथम दोस्रोमा छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँका नैलासिंह खड्का रहेका छन् भने सोही नगरपालिका–६ लिउडी गाउँका मह कृषक रुपबहादुर सेजुवाल तृतीय भए ।

प्रथम, दोस्रो र तृतीय हुने कृषकलाई क्रमशः ३० हजार, २५ हजार, २० हजार रुपैयाँ नगद पुरस्कार, दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए ।

पुरस्कृत हुने कृषकलाई नगद पुरस्कार प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले आगामी दिनमा पनि थप व्यावसायिक रुपमा कृषि पेसामा लागि देशमै केही गर्न सकिन्छ भन्ने देखाउन कृषकलाई सुझाव दिए ।

पुरस्कृत हुने कृषकलाई बधाई दिनुहुँदै छायाँनाथ रारा नगरपालिकाका कार्यवाहक प्रमुख तथा उपप्रमुख ऐश्वर्या मल्लले नगरपालिकाबाट कृषि क्षेत्रमा काम गर्ने कृषकलाई तरकारीखेती, भेडा पाल्ने कृषकलाई सामग्री दिनुका साथै कृषकले उत्पादन गरेका सामानको प्रदर्शनी मेलालगायतका कार्य गर्दै आएका छौँ आउँदा दिनमा पनि कृषिमा काम गर्ने कृषकका लागि विभिन्न अनुदानका कार्यक्रम समेत ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट