२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एआई र साइबर सुरक्षामा ईयूको १ अर्ब ४१ करोड अमेरिकी डलर लगानी

आइतवार , चैत्र १६, २०८१

ब्रसेल्स, सिन्ह्वा । युरोपेली आयोगले कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड र डाटा र साइबर सुरक्षालगायत डिजिटल प्रविधिहरूमा सन् २०२७ सम्ममा १.३ अर्ब युरो (लगभग १ अर्ब ४१ करोड अमेरिकी डलर) लगानी गर्ने शुक्रबार घोषणा गरेको छ ।

यो कोष युरोपेली संघ (ईयु) को डिजिटल युरोप कार्यक्रम (डिजिटल) अन्तर्गत आउँछ, जसको उद्देश्य रणनीतिक प्रविधिहरूलाई बढावा दिनु र महादेशको प्राविधिक सार्वभौमिकता बढाउनु हो ।

कार्यक्रमका प्रमुख प्राथमिकतामा जनरेटिभ एआई अनुप्रयोगको उपलब्धता र पहुँचमा सुधार, ब्लकको साइबर लचिलोपन बढाउने, जलवायु अनुकूलन र प्रकोप जोखिम व्यवस्थापनलाई समर्थन गर्न पृथ्वीको शक्तिशाली डिजिटल मोडेल निर्माण गर्ने समावेश छ ।

कार्यक्रमले डिजिटल शिक्षा र प्रशिक्षणलाई पनि समर्थन गर्नेछ । साथै, संस्थाहरूलाई उन्नत डिजिटल सीपहरू विकास गर्न मद्दत गर्नेछ ।

सन् २०२१ देखि सन् २०२७ को लागि आठ अर्ब १० करोड युरो डिजिटल ईयु कोष कार्यक्रम हो, जुन केवल व्यवसाय र नागरिकहरुको लागी डिजिटल रूपान्तरणमा केन्द्रित छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट