२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विरोधका बीच ट्रम्पद्वारा पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । विरोधका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमा केही व्यापारिक साझेदारहरूमा १० प्रतिशत न्युनतम आधारभुत कर र उच्च दरहरू लगाइने बताइएको छ ।। कार्यकारी आदेशमा भनिएको छः ‘अन्यथा व्यवस्था गरिएको बाहेक सबै आयातहरूमा १० प्रतिशत अतिरिक्त कर लगाइनेछ । यो अप्रिल ५ देखि लागू हुनेछ ।’

चीनले ३४ प्रतिशत, युरोपेली संघले २० प्रतिशत, भियतनामले ४६ प्रतिशत, जापानले २४ प्रतिशत, भारतले २६ प्रतिशत, दक्षिण कोरियाले २५ प्रतिशत, थाइल्याण्डले ३६ प्रतिशत, स्विट्जरल्याण्डले ३१ प्रतिशत, इन्डोनेसियाले ३२ प्रतिशत, मलेसियाले २४ प्रतिशत र कम्बोडियाले ४९ प्रतिशत करको सामना गर्नुपर्नेछ ।

ह्वाइट हाउसको दस्तावेजअनुसार ट्रम्पले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो व्यापार घाटा भएका देशहरू र क्षेत्रहरूमा व्यक्तिगत पारस्परिक उच्च कर लगाईने छ। केही सामानहरूमा पारस्परिक कर लाग्नेछैन । जसमा स्टील र आल्मुनियम साथै धारा २३२ करको अधीनमा पहिले नै अटो र अटो पाट्र्स, तामा, औषधि, अर्धचालक र काठ समावेश छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट