२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ट्रम्पले ७५ दिन थपे टिकटकमाथिको प्रतिवन्धको म्याद

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार लोकप्रिय भिडियो–सेयरिङ एप टिकटकलाई गैर–चिनियाँ कम्पनीलाई बेच्न वा संयुक्त राज्य अमेरिकामा प्रतिवन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताएका छन् ।

आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उनको दाबी छ । सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताए । आफूहरु चीनसँग राम्रो विश्वासका साथ काम गरिरहने आशा गरेको बताए।

अप्रिल २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले निराधार राष्ट्रिय सुरक्षा चिन्ताहरू उद्धृत गर्दै बाइटडान्सलाई टिकटक बेच्न २७० दिनको समय दिने कानूनमा हस्ताक्षर गरेका थिए । जनवरी २० मा पदभार ग्रहण गरेका ट्रम्पले पहिले टिकटक प्रतिवन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट