२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पारस्परिक भन्सारमा पछि हटे ट्रम्प, ७५ भन्दा बढी देशमा ९० दिनका लागि रोकियो

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । पारस्परिक भन्सार (रेसिप्रोकल) का लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ९० दिन पछि हटेका छन् । उनले ९० दिनका लागि पारस्परिक भन्सार (रेसिप्रोकल) रोक्ने निर्णय गरेको बताएका हुन् ।

ट्रुथ सोसलको आफ्नो अकाउन्टमा लेख्दै ट्रम्पले ७५ भन्दा बढी देशहरूमा पारस्परिक भन्सार तीन महिनाका लागि रोकेको घोषणा गरेका छन्।

उनले ती देशहरुले अमेरिकामाथि जबाफी भन्सार नलगाएको र छलफलको बाटो खुला राखेर ९० दिनका लागि स्थगित गरिएको लेखेका हुन् ।

ट्रम्पले ती ७५ भन्दा बढी देशहरूले अमेरिकाविरूद्ध कुनै पनि तरिकाले बदला नलिएको समेत उल्लेख गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै आक्रामक भएका ट्रम्पलाई युरोपेली युनियन, जापान लगायत अमेरिकाका ठूला व्यापारिक साझेदारहरूले अमेरिकामाथि पनि जबाफी भन्सार लगाउने चेतावनी दिएका थिए।

अमेरिकामा ट्रम्पविरूद्ध प्रदर्शनसमेत भएका थिए । ट्रम्पको निर्णयका कारण अमेरिकी नागरिकहरूले महँगीको मार खेप्नुपर्ने भन्दै अमेरिकाका नागरिकहरु ट्रम्पविरूद्ध सडकमा उत्रिएका थिए ।

नागरिक आफू विरुद्ध सडकमा उत्रिएपछि तत्कालका लागि ट्रम्प आफ्नो निर्णयबाट पछि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रम्पले चीनलाई भने भन्सार दर थप बढाएका छन्। मंगलबार चीनलाई १०४ प्रतिशत भन्सार लगाएकामा ट्रम्पले बिहीबारदेखि लागु हुनेगरी भन्सार दर २५ प्रतिशत पुर्‍याएका हुन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट