२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ट्रम्पको भन्सार शुल्कले युरोजोन वृद्धिमा चिन्ता, इसिबीद्वारा ब्याजदरमा कटौती

शुक्रवार , बैशाख ५, २०८२

जर्मनी, एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टप–स्टार्ट (रोक्ने–सुरु गर्ने) भन्सार शुल्क घोषणाले युरोजोनमा वृद्धिलाई खतरामा पार्न सक्ने चिन्ताबीच युरोपेली केन्द्रीय बैंक (इसिबी) ले बिहीबार फेरि ब्याज दरहरू कटौती गरेको छ ।

इसिबी नीति निर्माताहरूले एकल–मुद्रा क्षेत्रका लागि उधारो लागतमा केन्द्रीय बैंकको लगातार छैटौँ कटौतीलाई चिह्नित गर्दै दरहरू एक चौथाइ–विन्दुले घटाउने निर्णय गरेका छन् ।

यस निर्णयले इसिबीको बेन्चमार्क डिपोजिट रेटलाई दुई दशमलव २५ प्रतिशतमा झारेको छ । यो सन् २०२३ को सुरुदेखि यता सबैभन्दा कम हो ।

मुद्रास्फीति इसिबीको दुई प्रतिशत लक्ष्यतिर फर्किएपछि दर निर्धारण गर्नेहरूले युरोजोनमा उधारो लागत विस्तारै कम गरेका छन् ।

तर मुद्रास्फीति सही दिशामा अघि बढ्दै गर्दा ‘व्यापारिक तनावहरू बढ्दै गएका कारण वृद्धिको सम्भावना बिग्रिएको’ इसिबीले एक विज्ञप्तिमा बताएको छ ।

मार्चमा भएको अन्तिम बैठकपछि इसिबीले आफ्नो कटौती रोक्ने तयारी गरेको थियो तर ट्रम्पको आँधीबेहरी भन्सार शुल्क नीतिले उत्पन्न गरेको डरले यसलाई बाध्य पारेको देखिन्छ ।

आइएनजी बैंकका विश्लेषक कास्र्टन ब्रजेस्कीले बिहीबारको कटौती ‘त्यति आश्चर्यको नभएको’ बताए । ‘धेरै विचारित’ दृष्टिकोण अपनाएर विस्तारै दरहरू घटाउने खोजेको इसिबी अब ‘फेरि एकपटक पछि पर्ने’ जोखिममा परेको ब्रजेस्कीले बताए ।

भन्सार शुल्क अन्योल

बैठकमा जाँदा इसिबी दर–निर्धारकहरूलाई अन्ततः ट्रान्स–अटलान्टिक व्यापारमा कुन भन्सार महसुल दर लागू हुनेछ र यसले वृद्धिमा कस्तो प्रभाव पार्न सक्छ भन्ने बारे थोरै जानकारी हुनेछ ।

अमेरिकामा हुने आयातमा १० प्रतिशतको आधारभूत भन्सार शुल्क दरका अतिरिक्त ट्रम्पले अटोमोटिभ, स्टिल र एलुमिनियम क्षेत्रमा २५ प्रतिशत कर लगाएका छन् ।

अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरुमा सशक्त ‘लिबरेसन डे’ भन्सार महसुल सार्वजनिक गरेर विश्व बजारलाई तर्साएका थिए तर तुरुन्तै युरोपेली संघ (इयु) सहित दर्जनौँ देशका लागि ९० दिनका लागि उच्च भन्सार शुल्क रोकेका थिए ।

ह्वाइट हाउसले चिप्स र फार्मास्युटिकल्समा पनि जाँच सुरु गरेको छ जसले युरोजोनलाई प्रभाव पार्न सक्ने थप उद्योग–विशिष्ट भन्सार महसुलहरू ल्याउन सक्छ ।

इसिबीले ‘असाधारण अनिश्चितता’ को सामना गरिरहेको र आगामी दिनमा ‘डाटा–निर्भर र बैठक–देखि–बैठक’ दृष्टिकोण अपनाउने बताएको छ ।

अनिश्चितताले ‘घरपरिवार र फर्महरूबीच विश्वास घटाउने सम्भावना’ रहेको केन्द्रीय बैंकले बताएको छ भने बजार तनावहरूले कडा वित्तीय अवस्थाहरू निम्त्याउनेछ ।

इटालियन ऋणदाता युनिक्रेडिटका विश्लेषकहरूका अनुसार त्यस सन्दर्भमा घरपरिवार र व्यवसायहरूमाथिको तनाव कम गर्न र अर्थतन्त्रलाई समर्थन दिन अर्को कटौती ‘सिधा’ देखिन्थ्यो ।

उच्च अमेरिकी भन्सार महसुलका प्रभावहरूले युरोजोनको सबैभन्दा ठूलो सदस्य जर्मनीमा योजनाबद्ध व्यापक खर्चद्वारा दिइएको ‘सकारात्मक प्रभाव’ लाई ‘पछि पार्ने’ उनीहरूले बताए ।

फ्रेडरिक मेर्जको नेतृत्वमा बर्लिनमा आउने सरकारले रक्षा र पूर्वाधारका लागि सयौँ अर्ब युरो अतिरिक्त नगद जम्मा गरेको छ । यसले युरोपभरि महसुस गर्न सकिने प्रोत्साहन प्रदान गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट