२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

याक र चौँरी नेपालको पहिचान र गौरव हुन्ः कृषिमन्त्री अधिकारी

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रबद्र्धनमा संगठित प्रयास गर्नुपर्ने बताएका छन् ।

याक दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन। उनले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताए। उनले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चौँरी पालन भएको बताए। चौँरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उनको भनाइ छ ।

याक र चौरी पर्यटन प्रबद्र्धनको समेत आकर्षण केन्द्र भएको बताए । उनले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरु विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए। उनले चौरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्वपूर्ण योगदान गरेको बताए। याक र चौँरी नेपालको पहिचान, गौरव र धरोहर भएको उनको भनाइ छ ।

उनले भने, ‘कठोर हिमाली परिवेशमा पनि सहजै अनुकुलन गर्नसक्ने सिमित आहार र प्रतिकुल मौसमका बाबजुत उत्पादन दिन सक्ने र गोठालासँग जीवन बाँड्दै दिनरात चरणमा घुम्ने याक चौँरी हाम्रा पहिचान, गौरव र धरोहर हुन् । नेपालको हिमाली क्षेत्रले देशको करिव ३५ प्रतिशत भूभाग ओगटेको छ । त्यहाँ बसोवास गर्ने समुदायको जीविकोपार्जनको मुल आधार नै याक चौँरी पालन हो । हिमाली जनजीवनमा याक चौँरी बहुउपयोगी पशु हुन् । नाकको दुध र त्यसबाट बन्ने छुर्पी, छेनालगायतका परिकार हिमाली समुदायको खानपानको मेरुदण्ड हो । तिनका अलावा याकको छाला र पुच्छरबाट बन्ने वस्तुहरुसमेत निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादनहरु हुन् । याक पर्यटन प्रवद्र्धनको पनि आकर्षणको केन्द्र बनेका छन् । तिनले सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यमा सहयोग पु¥याइरहेका छन् । अझ भन्नुपर्दा याक र चौँरी बिनाका हिमाली पारिस्थितिक प्रणाली अपुरो हुनेकुरा पनि हामीले अध्ययन गर्नुपर्ने जरुरी देखिन्छ । याक चौँरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती र वातावरण सन्तुलनमा महत्वपूर्ण योगदान पु¥याइरहेका कुरा यहाँहरुको बीचमा निवेदन गर्न चाहन्छु । तर दुःखको कुरा पछिल्लो समयमा नेपालको याक चौँरीको संख्या घट्दो क्रममा छ । यस अवस्थाको पछाडी धेरै कारणहरु हुन सक्छन् । हामीलाई जानकारी नहुन पनि सक्छ । भौगोलिक अवस्थिति, भौगिलिक चुनौति, युवा पुस्ताको बसाईंसराई चरण क्षेत्रको अभाव, प्रजनन्सम्बन्धि समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता विविध विषय हुन सक्छन् । अब हामीले याक र चौँरी पालनको संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नु जरुरी भएको छ ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट