२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशत बढ्यो

सोमवार , बैशाख ८, २०८२

बेइजिङ, सिन्ह्वा । चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४।६ प्रतिशतले बढी हो।

राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, हावाबाट उत्पादन हुने विद्युतको क्षमता ५४ करोड किलोवाट पुगेको छ, जसमा १७.२ प्रतिशतले वृद्धि देखिएको छ।

यस वर्षको पहिलो तीन महिनामा चीनका ठूला विद्युत कम्पनीहरूले विद्युत उत्पादन योजनामा १३२ अर्ब २० करोड चिनियाँ मुद्रा बराबरको लगानी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले कम हो।

सोही अवधिमा विद्युत प्रसारण लाइन निर्माणमा ९५ अर्ब ६० करोड चिनियाँ मुद्रा लगानी गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.८ प्रतिशतले बढी हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट