२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उच्च रक्तचाप : के खाने, के नखाने ?

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । उच्च रक्तचाप, जसलाई उच्च वा बढेको रक्तचाप पनि भनिन्छ । यो एक गम्भीर चिकित्सा अवस्था हो, जसलाई अनियन्त्रित छोड्दा मुटु, मस्तिष्क, मिर्गौला र अन्य रोगहरूको जोखिम बढाउन सक्छ। विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार नेपालमा लगभग ४ मध्ये १ जना उच्च रक्तचापबाट पीडित छन् ।

कुनै पनि व्यक्तिलाई उच्च रक्तचाप छ कि छैन भन्ने पत्ता लगाउने उचित तरिका भनेको उच्च रक्तचाप जाँच नै हो । आज हामी उच्च रक्तचाप भएका व्यक्तिहरुले के खाने र के नखानेबारे चर्चा गर्दैछौँ ।

के खाने ?

उच्च रक्तचाप भएका व्यक्तिले रातो मासु खाने कि नखाने भन्ने दुविधामा मुटु रोग विशेषज्ञ डाक्टर ओम मूर्ति अनिल सक्दो कम खान सुझाव दिन्छन् । यद्यपी कुखुराको मासु, दूध, दही खान भने मिल्छ । उच्च रक्तचाप भएका व्यक्तिले घ्यू भने सक्दो कम खानु गर्नुपर्छ ।

अन्नमा भने भात बाहेक अन्य अन्नहरु सक्दो खाने गर्नुपर्छ । जस्तैः मकै, फापर, कोदो, गहुँ खान सकिन्छ । फलफूल, सागसब्जी र गेडागुडी भने जतिपनि खान सुझाव दिन्छन् डा. अनिल । चिया, कफीको मामिलामा भने अवस्था हेरेर जसलाई गाह्रो हुन्छ, ती व्यक्तिहरुले भने खानु हुँदैन ।

खाना बार्ने कि नबार्ने ?

एउटा स्वस्थ व्यक्तिले जुन सन्तुलित खाना खाने गर्छन्, उच्च रक्तचापका बिरामीका लागि पनि त्यही कुरा महत्वपूर्ण हुन्छ । जसरी मधुमेह र कोलेस्ट्रोलमा विशेष नियन्त्रण चाहिन्छ, त्यसरी उच्च रक्तचापमा विशेष नियन्त्रण भने चाहिँदैन । खाना खासै बार्नुपर्ने अवस्था भने हुँदैन । यद्यपी, खानामा नुन, चिनी, गुलियो र स्याचुरेटेड फ्याट कम हुनुपर्यो जुन उच्च रक्तचाप भएकालाई मात्र होइन कि सामान्य व्यक्तिलाई पनि लागू हुन्छ ।

के नखाने ?

डब्बामा, प्याकेटमा राखिएका अप्राकृतिक खाने कुराहरु जुन यो नभएपनि दैनिकी चल्छ भन्ने हुन्छ, त्यस्ता खाने कुराहरु, रासयन युक्त खानेकुराहरु कटौती गर्नुपर्छ । यस्ता खाने कुरा नियमित रुपमा खाने हो भने रक्तचाप घट्न मद्दत गर्दैन । नुन कम गर्दा रक्तचाप घट्न मद्दत हुन्छ तर नुन कडा रुपमा बार्दिएर नुनको मात्रा कम भयो भने बेहोस् समेत हुने जोखिम हुन्छ ।

चिया र कफीको कारणले कसै कसैको रक्तचाप पनि बढ्ने गर्छ र मुटुको ढुकढुकीको समस्यमा पनि आउँछ । जसलाई गाह्रो हुँदैन त्यस्ता व्यक्तिहरुले चिया कफी खान मिल्छ तर नियन्त्रित रुपमा ।

(हामीले यो सामाग्री डा. ओम मूर्ति अनिलको युट्युब च्यानलमा रहेको भिडियोबाट लिएका हौँ ।)

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट