२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जम्मू-कश्मीर हमला : तीन आक्रमणकारीको पहिचान

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा सुरक्षा र गुप्तचर एजेन्सीहरूले तीन जना संदिग्ध आक्रमणकारीहरूको स्केच सार्वजनिक गरेको छ ।

टाइम्स अफ इण्डियाका अनुसार उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको छ । अन्य दुई आतंककारीको पहिचान भइरहेको छ ।

लश्कर-ए-तैयबाको प्रोक्सी शाखा, रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)ले आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुप्तचर स्रोतहरूले यस आक्रमणको मास्टरमाइन्ड लश्कर-ए-तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको बताएको छ ।

२६ जनाको ज्यान गएको सो आतंकी हमलामा अधिकांश पर्यटक मारिएका थिए । जसमा एक नेपाली युवक पनि परेका छन् ।

बैसरण उपत्यकामा ठूलो सङ्ख्यामा पर्यटकहरू उपस्थित भएको बेला आक्रमण भएको हो । मृत्यु हुनेमा उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका पर्यटकहरू छन् । यूएईका एक र दुई स्थानीयको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट