२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आज नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिक उत्सव, सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने प्रतिबद्धता

आइतवार , बैशाख १४, २०८२

काठमाडौं। आज नेपाल राष्ट्र बैंकले ७०औँ वार्षिकोत्सव मनाउँदै छ। २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक आजदेखि ७० वर्षमा प्रवेश गरेको हो ।

यस अवसरमा राष्ट्र बैंकले विशेष कार्यक्रमको आयोजना गरेको छ। राष्ट्र बैंकले आफ्नो ७०औँ वार्षिक उत्सवको अवसरमा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा समर्पित रहने प्रतिबद्धता जनाएको छ ।

तर, यस पटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गतेदेखि सकिएसँगै राष्ट्र बैंक अहिले कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको नेतृत्वमा चलिरहेको छ।

नेपाल राष्ट्र बैंकले ५२ वर्ष अगाडि पनि नेतृत्वविहीन अवस्थामा आफ्नो वार्षिक उत्सव मनाएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट