२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा क्यान्सर, मुटु र जलन उपचार सेवा बिस्तार गर्छौं : मन्त्री पौडेल

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन् ।

अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए ।

क्यान्सर उपचार सेवा हाल सबै प्रदेशमा पुग्न नसकेको उल्लेख गर्दै उनले आगामी वर्षभित्र सातवटै प्रदेशमा बिस्तार गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले मुटु र जलन उपचार सेवाको पूर्वाधार निर्माणका लागि पनि काम अघि बढिसकेको बताए । हालसम्म ६० वटा आधारभुत अस्पताल भवन निर्माण भइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको बताए ।

उनले भने, ‘अब हामीले नीतिगत र सुशासनको क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारेमा सहकार्य गरौं । जुनसुकै तहको अस्पताल जहाँ छ त्यसमा तीनवटै तहको सरकार मिलेर लगानी गरौं । सिमित स्रोत साधनकाबीच प्रभावकारी सेवा बिस्तार गर्न सहयोग पुग्छ कि । हामी यस्तो मोडालिटीको विकास गर्न खोजिरहेका छौं ।

त्यसैगरी हामी क्यान्सर उपचार सेवा सातवटै प्रदेशमा विस्तार गर्नेगरी अगाडि बढेका छौं । अहिले सबै प्रदेशमा पुगेको छैन । अब विस्तारै पुग्ने क्रममा छ । मुटु रोगको उपचार पनि अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा पु¥याउनेगरी अगाडि बढेको स्थिति छ । त्यस्तै जलन उपचार पनि सातवटै प्रदेशमा बिस्तार गर्नेगरी भौतिक संरचना निर्माणको काम अगाडि बढाएको स्थिति छ ।

अहिले हामीसँग भएका स्वास्थ्य उपचारको समेत प्रयोग गर्ने समय सिद्धिन लागेको स्थिति छ । प्रदेश अस्पतालहरुको हकमा समेत त्यही खालको स्थिति रहेको छ । त्यस्तै संघीय अस्पतालहरुमा समेत पर्याप्त पूर्वाधार बन्न सकेको छैन । अब ६० वटा आधारभुत अस्पतालका भवनहरु बनेका छन् । तर त्यसमा जनशक्ति पनि छैन, उपकरण पनि छैन ।’

निर्माणाधिन आधारभुत अस्पताललाई पूर्णता दिन ३० अर्ब बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले तीन तहको सरकारबीच सहकार्य हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट