२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काश्मिर आक्रमणको जवाफ दिन भारतीय सेनालाई दिइयो 'स्वतन्त्रता’

बुधवार , बैशाख १७, २०८२

नयाँदिल्ली/एएफपी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता काश्मिरमा भएको घातक आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘अपरेशनल फ्रिडम’ दिएको एक वरिष्ठ सरकारी स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार मोदीले सेना र सुरक्षा प्रमुखहरूलाई बन्द कोठामा भएको बैठकमा आतङ्कवादलाई ठूलो धक्का दिने भारतको राष्ट्रिय सङ्कल्प भएको बताएका थिए ।

मोदीले भने, “काश्मिरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको हाम्रो प्रतिक्रियाको अवस्था, लक्ष्य र समयबारे निर्णय गर्न सशस्त्र बललाई पूर्ण परिचालन स्वतन्त्रता छ ।”

एएफपीलाई सूचना दिने सरकारी स्रोतले आफूलाई मिडियासँग कुरा गर्ने अधिकार नभएको भन्दै नाम गोप्य राख्न भनिएको छ तर मोदीको टिप्पणीको रिपोर्ट भारतका केही प्रमुख अखबारहरूमा छापिएका समाचारसँग मिल्दोजुल्दो थियो।

गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरमा २६ जनाको ज्यान जाने गरी भएको आक्रमणमा पाकिस्तानले वर्षौं यताकै सबैभन्दा घातक आक्रमणलाई समर्थन गरेको आरोप भारतले लगाएपछि आणविक शक्ति सम्पन्न दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

इस्लामाबादले उक्त आरोप अस्वीकार गर्दै आएको छ र त्यसपछि काश्मिरमा गोली हानाहान, कूटनीतिक नाकाबन्दी, नागरिकलाई देश निकाला र सीमा बन्द गर्न आदेश दिनेजस्ता कार्य दुबै मुलुकले गरेका छन् ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारतीय सशस्त्र बलको व्यावसायिक क्षमतामा पूर्ण विश्वास व्यक्त गर्दै उनीहरूलाई आफ्नो सरकारको पूर्ण समर्थन रहेको बताएका थिए ।

सरकारी स्रोतहरूले भारतीय सेनाप्रमुख र रक्षामन्त्री राजनाथ सिंहसँग मोदीको भेटको भिडियो तस्बिर सार्वजनिक गरेका छन् ।

गत हप्ता मोदीले काश्मिरको पहलगाममा आक्रमण गर्ने र त्यसलाई समर्थन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

बिहीबारको उक्त प्रतिक्रियामा उनले भने, “म सारा विश्वलाई भन्छु, भारतले हरेक आतङ्ककारी र तिनका समर्थकको पहिचान गर्नेछ, ट्र्याक गर्नेछ र सजाय दिनेछ। हामी तिनीहरूलाई पृथ्वीको अन्तसम्म खेद्नेछौँ ।”

संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबा समूहका सदस्य रहेका दुई पाकिस्तानी र एक भारतीय गरी तीन जनाको पोस्टर जारी गर्दै उनीहरूलाई ‘अधिक खोजीको सूची’मा राखिएको भारतीय प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट