काठमाडौं । नेपालको सौन्दर्य तथा स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधिसहित हेल्दी होम कम्पनीले आफ्नो १९ वर्ष लामो यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ।
सौन्दर्यप्रेमी तथा प्रविधिमा रुची राख्नेहरूका लागि हेल्दी होमले अत्याधुनिक लेजर हेयर रिमुभल मेशिन लन्च गर्दै आफ्नो सुविधा विस्तार गरेको छ। 'एपोलोमेन्ट कम्पनी'को यो मेसिन नेपालमै पहिलो पटक हेल्दी होमले लन्च गरेको हो । यो लन्च राजधानीको जमलस्थित हेल्दी होमको ब्रान्चमार्फत भएको हो ।
लेजर हेयर रिमुभल मेसिन अनावश्यक रौँ स्थायी रूपमा हटाउन प्रयोग गरिने आधुनिक प्रविधि हो। यो मेसिनले छालालाई क्षति नपुर्याई सुरक्षित रूपमा काम गर्छ। यसको प्रयोग अनुहारसहित शरीरका विभिन्न भागहरूको रौँ फाल्नमा गरिन्छ । यो सुरक्षित, प्रभावकारी र छालामैत्री प्रविधि भएकोले यसले सौन्दर्य क्षेत्रमा क्रान्ति ल्याउने कार्यक्रममा सहभागी 'द मल्ल ईन्टरप्राईजेज'का डाईरेक्टर रामशरण मल्लले बताए। यो प्रविधिले मानिसलाई बारम्बार रेजर, वैक्स वा क्रीम प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ र लामो समयसम्मको लागि सफा छालाको अनुभव प्रदान गर्छ।

कार्यक्रममा मेसिनको लन्च गर्दै नायिका पूजा शर्माले यो मेसिन हेल्दी होममा ल्याउँदा एकदमै खुसी लागेको बताउँदै भनिन्, 'सौन्दर्यमा आत्मविश्वास झल्कन्छ र यस्तो प्रविधिमैत्री सेवाले नेपाली महिलाहरूका लागि ठूलो उपलब्धि प्रदान गर्ने विश्वास लिएको छु।'
हेल्दी होम जमलकी ब्रान्च म्यानेजर प्रजिना मिश्रले यो नयाँ प्रविधिबाट ग्राहकहरूले दिगो, सुरक्षित र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरिन्। उनले भनिन्,'हामीले यस मेशिनमार्फत नेपाली सौन्दर्य उद्योगमा नयाँ युगको सुरुवात गरेका छौं । हामीलाई आशा छ, हामीले यो क्षेत्रमा विगत १९ वर्षबाट पुर्याउँदै आएको योगदानलाई यो हेयर रिमुभल मेसिनले थप सहयोग प्रदान गर्ने छ ।’

हेल्दी होमका प्रोडक्सन म्यानेजर मन्दिप भुसालले मंगलबारबाट १५ दिन सम्म ३० प्रतिशत छुटको व्यवस्था रहेको बताए । उनले भने,'यो मेशिनमा प्रयोग भएको टेक्नोलोजी अन्तर्राष्ट्रिय स्तरको हो र छालाको सुरक्षालाई प्राथमिकता दिइएको छ। आजबाट १५ दिनसम्म ३० प्रतिशत छुट पनि व्यवस्था गरेका छौँ ।'
हेल्दी होमले हालसम्म १६ विभिन्न सेवामार्फत ग्राहकहरूलाई स्वास्थ्य, सौन्दर्य र वेलनेसमा सहयोग पुर्याउँदै आएको छ। एपोलोमेन्टको लेजर हेयर रिमुभल मेशिनको लन्चले हेल्दी होमको सेवा विस्तारमा नयाँ अध्याय थपेको छ।

प्रतिक्रिया दिनुहोस