काठमाडौं । सर्जक तथा मोडल दिवस नाथको गीत 'राख मनैमा' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित गायिका शान्तिश्री परिवार र शिवम् भण्डारीको आवाज रहेको सो गीतको भिडियो दिवस नाथकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा दिवस नाथ र जुना विश्वकर्मालाई फिचर गरिएको छ ।
गायक शिवम् भण्डारी र सर्जक तथा मोडल दिवस नाथको शब्द रहेको गीतलाई गायक भण्डारीले नै संगीत भरेका हुन् । गीतको भिडियोलाई मौसम हमालीले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।
भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको छ । विशुद्ध लोकलयमा रहेको गीत राख मनैमा लाई दर्शक स्रोताको मन जित्न सफल हुने अपेक्षा गरिएको सर्जक तथा मोडल दिवस नाथले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस