२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्स र एएफपीले भारतीय सेनालाई उदृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीयको मृत्यु भएको बताएका छन् ।

यता पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतीय आक्रमणमा दुई बच्चासहित सात जनाको मृत्यु भएको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।

बुधबार बिहान भारतले पाकिस्तानका ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट