काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरुलाई अन्तर्राष्ट्रिय भ्रमणमा लगेको छ । कम्पनीले उत्कृष्ट डिलरहरुलाई अन्तर्राष्ट्रिय भ्रमणका लागि अस्ट्रेलिया लगेको हो ।
डिलरहरूको अविस्मरणीय योगदानको कदर स्वरूप कम्पनीले उक्त भ्रमण कार्यक्रमको आयोजना गरेको हो ।
डिलरहरूलाई व्यवसायिक प्रेरणा प्रदान गर्ने उद्देश्यले गरिएको यस भ्रमणमा सहभागीहरूले सिड्नी, मेलबर्न लगायतका प्रमुख शहरहरूको अवलोकन गर्ने छन् ।
कम्पनीका अनुसार उनीहरूले त्यहाँको पेन्ट्स उद्योग, निर्माण प्रविधि तथा अन्तर्राष्ट्रिय बजारको चलन प्रत्यक्षरूपमा अध्ययन गर्न पाउने छन् ।
जस्मिन पेन्ट्सको सफलता केवल उत्पादन र प्रविधिमा मात्र सिमित नभई डिलर साथीहरूको समर्पण नै सफलताको आधार रहेको र व्यवसायिक क्षमतामा अझ निखार ल्याउन यस प्रकारका अन्तर्राष्ट्रिय भ्रमणको अनुभवहरु अत्यन्तै उपयोगी हुने कम्पनीका म्यानेजिङ डिरेक्टर लक्ष्मण अर्यालले बताए ।
त्यस्तै, कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले यो भ्रमण केवल रमाइलोको लागि मात्र नभई, नयाँ प्रविधि, ग्राहक सेवा शैली र निर्माण व्यवसायप्रतिको दृष्टिकोण बुझ्न सहयोगी हुने बताए ।
उनले भ्रमणका क्रममा अस्ट्रेलियाको सिड्नी तथा मेलबर्नमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानहरु समेत अवलोकन गर्ने योजना रहेकोले आफुलाई खुसी लागेको बताए ।
जस्मिन पेन्ट्स देशैभर डिलर नेटवर्कमार्फत नेपाली बजारमा विशिष्ट पहिचान बनाउन सफल कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस