२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यज्ञप्रसाद बडालको ‘विमेज दर्शन’ मूलक उपन्यास सार्वजनिक

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । बडाल कुलमा आज ‘प्रकाश’को उदय भएको छ। केवल उपन्यासको होइन, एउटा अधूरो सपना, एउटा गहिरो दर्शन, र एउटा जीवनको पुनर्जन्म भएको छ। नौ वर्षअघि दिवंगत भएका यज्ञप्रसाद बडालको लेखनी, भावना र आत्मदृष्टिको संग्रह विमेज दर्शनमा आधारित उपन्यास ‘प्रकाश’ हिजो सोमबार औपचारिक रूपमा सार्वजनिक भएको छ।

स्व. बडालको जीवनभरको सपना थियो, मानव अस्तित्व, प्रेम, घृणा, विश्वास, धर्म, दर्शन र समाजका विविध पक्षहरू समेटिएको एउटा गहकिलो उपन्यास लेख्ने। त्यही खोजीको सिलसिलामा उनी २०७३ सालमा दार्चुला पुगे, जहाँ कुलको इतिहास र आत्माको पहिचान खोज्दाखोज्दै महापरिनिर्वाण प्राप्त गरे।

यही अधूरो सपना बोकेर अगाडि बढिन् उनकी जीवनसंगिनी इन्दिरा ढुंगाना बडाल। बडालका पुराना कागजात, हस्तलिखित नोटहरू, बिचारका धागोहरू संकलन गर्दै उनले वर्षौंको मिहिनेतपछि ‘प्रकाश’लाई पूर्णता दिइन्। “उहाँको सपना मेरो धर्म बन्यो,” इन्दिराले भनिन्, “विमेज दर्शनमार्फत उहाँले जुन चेतनाको ढोका खोल्न खोज्नु भएको थियो, मैले त्यसलाई शब्दमा ढालेको छु।”

विमेज दर्शन, जसको आधारमा उपन्यास लेखिएको हो, एक नवीन जीवनदृष्टि हो, जहाँ मानव अस्तित्वलाई प्रकाशको प्रतीक बनाएर जीवनको उद्देश्य, द्वन्द्व, प्रेम र पुनर्जागरणको अर्थ खोजिएको छ। ‘प्रकाश’ त्यसै विमेज चेतनाको प्रतिबिम्ब हो— एक पाठकलाई आत्ममूल्यांकन र विचारको गहिराइमा डुबाउने ग्रन्थ।

हिजो बडाल परिवारको कुलपुजाको पवित्र अवसरमा, इन्दिराकी ८२ बर्षिय आमा कलावती ढुंगाना एवं बडाल परिवारका वरिष्ठ सदस्यहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे। समारोहमा महान्यायाधिवक्ता रमेश बडाल, नेकपा (एमाले) का नेता केशब बडाल, साहित्यिक क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरू, पत्रकार, समाजसेवी, र सयौंको संख्यामा बडाल परिवारका सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रममा वरिष्ठ सदस्यहरूले भने, “यो केवल उपन्यास होइन, बडाल कुलको चिन्तन, चेतना र विमेज दर्शनको ऐतिहासिक दस्तावेज हो।” साथै कार्यक्रममा इन्दिरा बडालको अठोट र समर्पणप्रति सबैले उच्च सम्मान प्रकट गरे। “आज म गौरवान्वित छु,” उनले भनिन्, “श्रीमानको अधूरो सपना पुरा गर्न पाउँदा म धन्य छु। ‘प्रकाश’ केवल एक पुस्तक होइन, विमेज चेतनाको उज्यालो र भविष्यको प्रेरणा हो।’’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ