२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गरिमा विकास बैंकद्वारा स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा नयाँ शाखा कार्यालय सञ्चालन

बुधवार , जेठ १, २०८२

काठमाडौं । ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले बैशाख ३१ गते बुधबार स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म–कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा बैंक प्रतिबद्ध रहेको जनाएको छ । साथै, उक्त क्षेत्रको समग्र आर्थिक विकासमा बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट