२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ट्रम्प कदमले २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने

शुक्रवार , जेठ ३, २०८२

पेरिस, एएफपी । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस वर्ष विदेशी पर्यटकबाट करिब १२ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राजस्व गुमाउन सक्ने एक पर्यटन उद्योग समूहले बिहीबार जनाएको छ ।

वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (डब्लुटिटिसी) र अक्सफोर्ड इकोनोमिक्सले गरेको अध्ययनअनुसार यो वर्ष विदेशी पर्यटकको खर्चमा कमी आउने देश संयुक्त राज्य अमेरिका मात्र हुनेछ ।

विदेशी पर्यटकले १८१ अर्ब अमेरिकी डलर खर्च गर्दा यो एक दशकअघिको तुलनामा २२.५ प्रतिशतले घट्नेछ ।

प्रमुख ट्राभल फर्महरू मिलेर बनेको डब्ल्यूटीटीसीले भनेको छ, “यसले समग्र अमेरिकी अर्थव्यवस्थामा प्रत्यक्ष आघात पुर्याउँछ, जसले समुदाय, रोजगारी र तटदेखि तटसम्मका व्यवसायहरूलाई असर पार्छ।“

डब्लुटिटिसीकी अध्यक्ष जुलिया सिम्पसनले पर्यटन विकासका लागि सरकारको सहयोग आवश्यक रहेको बताए ।

“अन्य राष्ट्रले विदेशी पर्यटकहरूलाई भित्राउने पहल गरिरहेका समय अमेरिकी ट्रम्प सरकारले पर्यटकका लागि ‘बन्दको संकेत’ राखिरहेको छ,” उनले भने ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध आप्रवासनमाथि कडा कदम चाल्ने, अन्य राष्ट्रहरूको बारेमा राजनीतिक रूपमा आरोप लगाइएको टिप्पणी गर्ने र विदेशी सामानहरूमा कर लगाउने क्रममा, अन्य देशका उपभोक्ताहरूले अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने र संयुक्त राज्य अमेरिकाको यात्रा छोड्न आह्वान गर्ने धेरै प्रयासहरू गरेका छन्।

आगन्तुक ‘त्रसित’

सिम्पसनले न्युयोर्क टाइम्ससँग भने, “कतिपय विदेशी यात्रीहरू ट्रम्पको अवैध आप्रबासी अभियानबाट अमेरिका जान डराउने गरेका देखिएको छ।”

उनले भने, “उनीहरूलाई भिसाको बारेमा पनि चिन्ता छ । के उनीहरूले सही भिसा पाएका छन् वा दुर्घटनावश पक्राउ पर्न सक्छन्रु यसले मानिसहरूलाई निकै भयभीत बनाएको छ।”

रिपोर्टमा अमेरिकी वाणिज्य विभागको तथ्यांकले मार्च २०२० मा बेलायत र दक्षिण कोरियाबाट लगभग १५ प्रतिशत गिरावट सहित प्रमुख देशहरूबाट आगमनमा तीव्र गिरावट देखाएको छ।

जर्मनी, आयरल्याण्ड र स्पेनबाट अमेरिका पुग्ने पर्यटकमा २० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

प्रतिवेदनले क्यानाडाबाट ग्रीष्मकालीन बुकिङमा २० प्रतिशतले गिरावट आएको अन्य तथ्यांकपनि उल्लेख गरेको छ ।

“यो प्रभावित पर्यटन क्षेत्र डुब्न लागेको संकतभन्दा बढी हो । चेतावनीको संकेत हो र समयमै सचेत हुन् जरूरी छ ।” डब्ल्यूटीटीसीले भनेको छ ।

“अमेरिकाले आफ्ना छिमेकी र समुन्द्र पारका देशहरूबाट कम आगन्तुकहरूलाई स्वागत गरिरहेको छ, जुन अमेरिकाको विश्वव्यापी आकर्षण घट्दै गएको स्पष्ट संकेत हो।”

यसैबीच, अमेरिकी नागरिकले बढी विदेश यात्रा गरिरहेको र यसले अमेरिकी यात्रा क्षेत्रलाई थप क्षति पुर्याइरहेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२४ मा पर्यटन क्षेत्रले अमेरिकी अर्थतन्त्रमा २.६ ट्रिलियन अमेरिकी डलरको योगदान गरेको थियो र दुई करोडभन्दा बढी रोजगारीलाई सहयोग गरेको थियो। अमेरिकी पर्यटनले देशको कर राजस्वमा ५८५ अर्ब डलरभन्दा बढी योगदान गरेको छ जुन कुल राजस्वको लगभग सात प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट