काठमाडौं । सर्वोच्च अदालतले विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै पेस भएको रिटलाई दरपीठ गर्ने निर्णयलाई सदर गरेको छ ।
सर्वोच्चले पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको हो ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको हो । यो आदेशसँगै पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ ।
योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलले सिफारिस समितिबाट राजीनामा दिएपछि उनी नै गभर्नर बन्न लागेको चर्चाबीच सर्वोच्च अदालतमा रिट परेको थियो ।
यो पनि :
विश्व पौडेल बन्ने भए राष्ट्र बैंकको गभर्नर
प्रतिक्रिया दिनुहोस