२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वैश्विक व्यापार तनावबीच इन्डोनेसियामा विद्युतीय सवारीसाधनमा तीव्र लगानी, ७ कम्पनीले भित्राए ९४ अर्ब

शनिवार , जेठ ११, २०८२

जकार्ता, सिन्ह्वा । संयुक्त राज्य अमेरिकाले लागू गरेका भन्सार नीतिका कारण विश्वभरिका थुप्रै उदाउँदा अर्थतन्त्रहरू आर्थिक मन्दीको चिन्तामा रहेका छन् । यस्तो अवस्थामा इन्डोनेसिया भने विद्युतीय सवारीसाधन निर्माण गर्ने विश्वभरिका ठूला कम्पनीहरूको मुख्य लगानी गन्तव्य बनेको छ, जसले दक्षिणपूर्वी एसियामा विद्युतीय सवारी प्रयोग र उत्पादनमा उल्लेखनीय वृद्धि गराएको छ ।

सन् २०२४ देखि सन् २०२५ को मार्च महिनासम्म कम्तीमा सात वटा विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीहरूले इन्डोनेसियामा कुल १५ खर्ब ४० अर्ब रुपियाँ (करिब ९४ अर्ब रूपैयाँ बराबर विदेशी मुद्रा) लगानी गरेका छन् । तीमध्ये केही कम्पनीहरूले आफ्नो कारखाना निर्माण कार्य सुरु गरिसकेका छन् ।

यी कम्पनीहरूमा चिनियाँ, फ्रान्सेली, भियतनामी तथा जर्मन मूलका निर्माता छन्, जसले संयुक्त रूपमा वार्षिक दुई लाख ८० हजारवटा सवारीसाधन उत्पादन गर्ने योजना बनाएका छन् ।

इन्डोनेसियाका लगानी तथा प्रसंस्करण उद्योग मन्त्री रोसान रोएस्लानीका अनुसार, इन्डोनेसिया विद्युतीय सवारी निर्माणका लागि आकर्षक गन्तव्य बनेको छ, किनभने यहाँ ब्याट्री उत्पादनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया निकेल खानीदेखि लिएर ब्याट्री पुनःप्रयोगसम्म पूर्ण रूपमा उपलब्ध छ ।

हाल इन्डोनेसियामा नौ वटा विद्युतीय कार निर्माण कम्पनी, सात वटा विद्युतीय बस निर्माण केन्द्र र ६३ वटा दुई तथा तीन पाङ्ग्रे सवारी निर्माण उद्योग सञ्चालनमा छन् । उद्योग मन्त्रालयका अनुसार तिनीहरूको वार्षिक उत्पादन क्षमता क्रमशः ७० हजार छ सय कार, तीन हजार एक सय बस र २२ लाख ८० हजार दुई तथा तीन पाङ्ग्रे सवारी रहेको छ ।

मन्त्रालयका एक निर्देशक महार्दी तुङ्गुल विकाक्सोनोले संयुक्त राज्य अमेरिकाको भन्सार नीतिका कारण अन्तर्राष्ट्रिय कम्पनीहरू नयाँ लगानी गन्तव्यको खोजीमा रहेको बताए, जसमा इन्डोनेसिया विशेषरूपमा उपयुक्त देखिएको छ ।

यस प्रकारको लगानीले रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धिमा टेवा र्पुयाउने र दीर्घकालीन रूपमा इन्डोनेसियाको राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

इन्डोनेसियामा ब्याट्रीमा आधारित विद्युतीय सवारीको बजार हिस्सा सन् २०२२ मा एक दशमलव सात प्रतिशत थियो भने सन् २०२४ मा बढेर चार दशमलव ९९ प्रतिशत पुगेको छ ।

उत्पादनका दृष्टिकोणले सन् २०२४ मा इन्डोनेसिया दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सबैभन्दा धेरै शुद्ध विद्युतचालित सवारी उत्पादन गर्ने देश बनेको छ । उक्त वर्ष इन्डोनेसियाले २५ हजार आठ सय ६१ एकाइ उत्पादन गरेको थियो, जुन थाइल्याण्डभन्दा एक हजार एक सय ९८ एकाइ बढी हो ।

गजाह माडा विश्वविद्यालयको विश्व व्यापार अध्ययन केन्द्रका अनुसन्धानकर्ता रोनाल्ड एबर्हार्डका अनुसार, अहिले भइरहेको भन्सार सङ्घर्षले इन्डोनेसियालाई उत्पादन केन्द्रको रूपमा उभिन अवसर दिएको छ । उनले भने, “इन्डोनेसियामा हाल झण्डै ३२ प्रतिशत बराबरको प्रतिशोधात्मक भन्सार लागू गरिएको छ, जुन नजिकको प्रतिस्पर्धी भियतनामको ४६ प्रतिशतभन्दा कम हो ।”

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट