२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आर्थिक सर्वेक्षणः कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च

बिहिवार , जेठ १६, २०८२

काठमाडौँ । कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये रु ११ अर्ब ७६ करोड बजेट खर्च भएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि रु ३६ अर्ब १५ करोड विनियोजन गरिएको उल्लेख छ ।

कृषि अनुदानमा गत आर्थिक वर्ष रु ३६ अर्ब १३ करोड ८० लाख विनियोजन गरिएको थियो । त्यसमध्ये रु २९ अर्ब ३१ करोड ८८ लाख खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा उखु किसानलाई उखु प्रवर्द्धन खर्चबापत रु दुई अर्ब २५ करोड विनियोजन गरिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट