एजेन्सी । संयुक्त राज्य अमेरिकाले गाजामा ६० दिनको युद्धविराम प्रस्ताव गरेको छ । इजरायलले यो प्रस्ताव स्वीकार गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।
ह्वाइट हाउसले इजरायली सेनाले युद्धग्रस्त क्षेत्रमा आफ्नो सैन्य कारबाही जारी राख्दै इजरायलले ६० दिने गाजा युद्धविराम प्रस्तावमा हस्ताक्षर गरेको बताएको हो ।
युद्धविरामको पहिलो हप्तामा २८ जना इजरायली बन्धकहरू (जीवित र मृत) को रिहाइ, १२५ जना आजीवन कारावास सजाय पाएका प्यालेस्टिनी कैदीहरूको रिहाइ र १८० मृत प्यालेस्टाइनीहरूको शव फिर्ता गर्ने योजना समावेश छ ।
यो प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजिप्ट र कतारले ग्यारेन्टी गरेका छन् । हामासले सम्झौतामा सहमति जनाएलगत्तै गाजामा मानवीय सहायता पठाइनेछ । स्थायी युद्धविराम लागू भएपछि हामासले बाँकी ३० बन्धकहरू रिहा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस