२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अमेरिकाको युद्धविराम प्रस्तावमा हमासले दियो जवाफ

आइतवार , जेठ १९, २०८२

एजेन्सी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ । वासिङ्टनका मुख्य वार्ताकारले जवाफलाई तुरुन्तै ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् ।

अमेरिकी दूत स्टिभ विट्कोफको प्रस्ताव यथावत रूपमा स्वीकार नगरिएको तर प्रस्तावबारे समूहको प्रतिक्रिया सकारात्मक रहेको र स्थायी युद्धविरामको आवश्यकतामा जोड दिएको हमासले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विट्कोफद्वा गाजा युद्धविरामका लागि अघि सारिएको प्रस्तावमा हमासले जनाएको प्रतिक्रिया ‘अस्वीकार्य’ भएको र हमास ‘उसको अडानमा हलचल नभएको’ आरोप लगाएका छन् ।

इजरायलले शुक्रबार हमासलाई सम्झौता स्वीकार गर्न र गाजामा बन्धक बनाइएकाहरूलाई मुक्त गर्न दबाब दिएको र यसो नभएमा हमासको निर्मुल पार्ने गरी बाँकी कारबाही अघि बढ्ने बताएको थियो । शनिबार एक वक्तव्य जारी गर्दै हमासले मध्यस्थता पक्षका लागि ‘आफ्नो जवाफ पेश गरेको’ जनाएको थियो ।

“यस सम्झौताको एक भागको रूपमा प्यालेस्टिनी कैदीहरूको रिहा गर्न सहमत सङ्ख्याको बदलामा बन्धक अवस्थामा मृतक भएका इजरायली १८ शवहरू फिर्ता गर्नुका साथै१० जीवित कैदीहरूलाई रिहा गरिनेछ,” विज्ञप्तिमा भनिएको छ।

समूहको राजनीतिक ब्यूरोको एक स्रोतका अनुसार उसले विट्कोफलाई सकारात्मक प्रतिक्रिया दिएको छ तर गाजा पट्टीबाट स्थायी युद्धविराम र पूर्ण इजरायली फिर्ताको सुनिश्चततालाई जोड दिएको छ।

विटकोफले भने, “हमासको जवाफ ‘पूर्ण रूपमा अस्वीकार्य’ छ र यसले सच्चा अर्थमा युद्धविराम चाहेको हो भने ‘हामीले अगाडि सारेको प्रस्ताव स्वीकार गर्नुपर्छ’।”

हमासले लामो समयदेखि कुनै पनि सम्झौताले युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएको छ ।

तर इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणको पुनरावृत्ति हुन नदिन उक्त समूहलाई ध्वस्त पार्नुपर्नेमा जोड दिँदै आएको छ । इजरायलले हालै गाजामा हमासलाई परास्त गर्न आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलले हाम्रा बन्धकहरूको रिहाईका लागि अद्यावधिक विटकोफ फ्रेमवर्कमा सहमति जनाएको छ, तर हमासले आफ्नो अडानलाई निरन्तरता दिइरहेको छ।”

“इजरायलले बन्धकहरूलाई घर फर्काउन र हमासलाई परास्त गर्ने आफ्नो प्रयासलाई जारी राख्नेछ।”

गत मार्च १८ मा यसअघिको युद्धविराम भङ्ग भएपछि इजरायली सैन्य कारबाही पुनः सुरु भएको र युद्धविराम वार्तामा सफलता हासिल हुन सकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार दुवै पक्ष सम्झौताको निकै नजिक रहेको बताएका थिए ।

वार्तामा संलग्न दुई स्रोतका अनुसार विटकोफको प्रस्तावमा ६० दिनको युद्धविराम समावेश छ, जुन सम्भवतः ७० दिनको लागि विस्तार गर्न सकिन्छ।

यसमा प्यालेस्टाइनी कैदीहरूको बदलामा पाँच जीवित बन्धकहरूको रिहाई र नौ शव फिर्ता गर्ने शर्त समावेश छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट