२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

आइतवार , जेठ २६, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अब अन्त्य भएको बताएका छन् ।

अमेरिकी सञ्चार माध्यमसँगको कुराकानीमा उनले मस्कसँगको सम्बन्ध अन्त्य भएको हो रु भनेर सोधिएको प्रश्नमा उनले भने, ‘त्यस्तै हो भन्ने लाग्छ भन्ने जवाफ दिएका हुन् । सम्बन्ध सुधार गर्ने चाहना नभएको पनि उनले उल्लेख गरेका छन् ।

ट्रम्पको यो प्रतिक्रिया मस्कसँगको सार्वजनिक मतभेदपछि आएको हो । मस्कले ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि विवाद चर्किएको समाचारमा उल्लेख छ ।

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै मस्क ‘पागल’ भएको टिप्पणी गरेका थिए ।

ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताएका छन् ।

विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ ।

ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेको बताएका छन् ।

ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्यूजर्सी गल्फ क्लबजाने क्रममा पत्रकारहरूसँग भने , “इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रूस, इरानसँगको छलफलमा व्यस्त भएको छु । म एलन मस्कको बारेमा सोचिरहेको छैन । म उहाँको राम्रो कामको लागि कामना गर्दछु।”

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी प्रसारणकर्ताहरूसँग भनेका थिए, “अब म आफ्नो ‘ठूलो र उत्कृष्ट’ बिललाई कङ्ग्रेसबाट पारित गर्नमा ध्यान केन्द्रित गर्छु । यसबारे मस्कको कठोर आलोचनाले विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको टकरावलाई बढावा दिएको थियो।”

रिपब्लिकन नेतासमेत रहनुभएका ७८ वर्षीय राष्ट्रपति ट्रम्पले निकट मित्रबाट शत्रु बनेका दक्षिण अफ्रिकी मूलका आफ्ना पूर्र्व सहयोगीलाई निशाना बनाउनबाट आफूलाई टाढा राख्न सक्नुभएको छैन ।

मस्कको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले एबीसीसँगको कुराकानीमा भने, “तपाईको मतलब ‘सोच्ने शक्ति गुमाएको मान्छे’ म मस्कसँग कुरा गर्न ‘खासै’ इच्छुक छैन।” ट्रम्पले पछि फक्स न्यूजसँग भने, मस्कले सोच्ने शक्ति गुमाउनुभएको छ ।”

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट