२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आइसिआरसी : गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा

सोमवार , जेठ २७, २०८२

जेनेभा, एएफपी । रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले डेढ वर्षभन्दा बढी समयदेखि प्यालेस्टिनीहरू विरुद्ध इजरायली कब्जाले गरेको नरसंहारको एक हिस्साका रूपमा गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा रहेको चेतावनी दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै आइसिआरसीले अधिकांश घाइते प्यालेस्टिनीहरू सहायता वितरण केन्द्रमा पुग्ने प्रयास गरिरहेको बताएको छ ।

आइसिआरसीले विगत केही दिनदेखि गाजामा सीमित स्रोत साधनका बीच सञ्चालन भइरहेको केही अस्पताल वरपर आक्रमण बढेकाले स्वास्थ्य सेवा सुविधाहरूको संरक्षणका लागि थप ज्यान गुमाउन बाट जोगिन आह्वान गरेको छ ।

यसले चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरूले जीवन बचाउन ठूलो चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र अस्पतालको सञ्चालन खतरामा पारेको कुरामा जोड दिएको छ ।

ठूलो सङ्ख्यामा घाइते बिरामीहरूको आगमनले मेडिकल स्टाफलाई थकित पारेको समितिले पुष्टि गरेको छ ।

पछिल्लो दुई हप्तामा रफाहको आइसिआरसी फिल्ड अस्पतालमा प्राप्त बिरामीहरूको सङ्ख्या नौ सय १६ भन्दा बढी छ । तीमध्ये ४१ जनालाई आइपुगेपछि मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट