२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महोत्सवका लागि रूकुम पश्चिम पुगेकी गायिका रचनाको स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनको उद्धार गरिएको थियो ।

सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्जस्थित अस्पताल लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ ।

सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर, मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ