२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेयर बजारमा २६ अंकको वृद्धि, सात अर्ब १२ करोडको कारोबार

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक २६ अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.५३ अंकले बढेर २,६२२.२८ विन्दुमा कायम भएको हो ।

आज १८५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६३ कम्पनीको सेयरमूल्य घटेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ७४ हजार ७५२ पटकको कारोबारमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सप्तकोसी विकास बैंक, विन्ध्यावासिनी हाइड्रोपावर, माच्छापुच्छ्रे डिबेन्चर, ग्रिन भेन्चर, त्रिशूली जलविद्युत्‌लगायत कम्पनी उच्च कमाउने शीर्ष पाँचमा परे । सप्तकोसीको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो ।

जोशी हाइड्रो, युनिलिभर नेपाल, पञ्चकन्या माई हाइड्रो, पियोर इनर्जी, बुटवल पावर कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट