काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी ‘वन बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पारित भएको छ। अमेरिकी राष्ट्रिय राजनीतिमा यसलाई ट्रम्पको ठूलो जितका रूपमा हेरिएको छ।
हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन)ले यो विधेयक पारित गरेको हो । मंगलबार सेनेट (माथिल्लो सदन) मा यसले अनुमोदन पाइसकेको थियो।
कंग्रेसको बजेट कार्यालयले यो विधेयकका कारण आगामी १० वर्षमा संघीय घाटा ३ दशमलव ३ ट्रिलियन डलरले बढ्न सक्ने अनुमान गरेको छ ।
विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले भने, ‘यो विधेयकले देशलाई तीव्र गतिमा अगाडि बढाउनेछ।’ उनले थपे, ‘यो देशका लागि एक उत्कृष्ट विधेयक हुनेछ।’
४ जुलाई (अमेरिकाको स्वतन्त्रता दिवस) का दिन राष्ट्रपति ट्रम्पको हस्ताक्षरसहित यो विधेयकलाई औपचारिक रूपमा कानुन बनाइने आकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस