२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

शुक्रवार , आषाढ २०, २०८२

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी साता हुने बेलायतको राजकीय भ्रमणका क्रममा त्यहाँको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा हुने शिखर सम्मेलनमा सहभागी हुन उनी मङ्गलबार लण्डन जानेछन् ।

राजा चार्ल्स तृतीयको कार्यालय बकिङघम प्यालेसले शुक्रबार भनेको छ, “राष्ट्रपति र श्रीमती म्याक्रोँले वेस्टमिन्स्टर प्यालेसको भ्रमण गर्नुहुनेछ र भ्रमणका क्रममा बेलायती संसद्लाई सम्बोधन गर्नुहुनेछ ।"

सन् २००८ मा निकोलस सार्कोजीपछि बेलायतको राजकीय भ्रमण गर्ने म्याक्रोँ पहिलो फ्रान्सेली राष्ट्रपति हुन् ।

राजा चार्ल्स द्वितीयको निमन्त्रणामा फ्रान्सेली नेताले उनकी पत्नी ब्रिगिटसहित बेलायतको राजकीय भ्रमण गर्न लागेका हुन् ।

उनीहरू लण्डनको पश्चिममा रहेको विन्डसर क्यासलस्थित राजा चार्ल्स द्वित्तीयको निवासमा हुने राजकीय भोजमा सहभागी हुनेछन् ।

विन्डसरमा रहँदा म्याक्रोँले सेन्ट जर्ज च्यापलमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा फूल चढाउने कार्यक्रम छ ।

सन् २०२३ को सेप्टेम्बरमा चार्ल्सले फ्रान्सको राजकीय भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा म्याक्रोँले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग पनि भेटवार्ता गर्नेछन् ।

बेलायतको कन्जरभेटिभ पार्टीको अघिल्लो सरकारको पालामा अर्थात् ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको नेतृत्वमा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुई देशले युक्रेनका लागि शान्ति खोज्ने युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।

बेलायतको प्रमुख राजनीतिक मुद्दाका रुपमा रहेको च्यानलको जोखिमपूर्ण स–साना डुङ्गा पार गर्ने आप्रवासीलाई रोक्ने रणनीतिमा दुई देशबीच सहमति हुन सकेको छैन ।

बिहीबार लण्डनमा हुने ३७ औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनको एजेन्डामा यो विषय उच्च हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट