काठमाडौं । ओमनमा आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह–२ मा परेको छ ।
यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।
उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह–१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह–३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन् ।
तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर–६ मा पुग्नेछ । सुपर–६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस