२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । अन्तिम क्षणमा सम्हालिन नसक्दा नेपालले बंगलादेशसँग ३–२ को हार बेहोरेको छ।

बंगलादेशको बसुन्धरा किङ्स एरेनामा शनिबार साँझ सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपालले २–० ले पछि परेको खेल बराबरीमा ल्याएको थियो, तर इन्जुरी समयमा गोल खाँदै पराजित हुन पुग्यो।

खेलको सुरुआतदेखि नै घरेलु टोली बंगलादेश आक्रामक देखिएको थियो। १४औं मिनेटमा सिन्हा शिखाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् भने ३६औं मिनेटमा सागोरिकाले थप गोल गर्दै पहिलो हाफमा स्कोर २–० बनाइन्।

नेपाल दोस्रो हाफमा निकै सुधारिएको खेल प्रदर्शन गर्दै मैदानमा फर्कियो। ५६औं मिनेटमा डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिका बिच झडप हुँदा दुवैले रातो कार्ड पाएपछि दुबै टिम १० खेलाडीमा सीमित भए।

७७औं मिनेटमा नेपाललाई पेनाल्टी प्राप्त भयो, जसलाई अनिशा राईले सफलतापूर्वक गोलमा परिणत गर्दै खेलमा फर्काइन्। त्यसपछि ८६औं मिनेटमा मीना देउवाले बराबरी गोल गर्दै स्कोर २–२ बनाइन्। तर खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा गोल खाँदै पराजित हुन पुग्यो।

इन्जुरी समयको अन्तिम मुभमा श्रीमोतीले निर्णायक गोल गर्दै बंगलादेशलाई पुनः अग्रता दिलाइन्, जसपछि तुरुन्तै रेफ्रीले खेल समाप्त भएको संकेत दिए।

हारपछि नेपालले अब लिग चरणको अन्तिम खेलमा राम्रो नतिजा निकाल्दै फाइनल पुग्ने सम्भावना कायम राख्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट