२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मीनाको ह्‍याट्रिकमा श्रीलंका विरुद्ध नेपाल ७-० ले विजयी

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । मीना देउवाको ह्‍याट्रिक मद्दतमा नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि फराकिलो जित निकालेको छ। नेपालले श्रीलंकालाई ७–० गोलअन्तरले हराएको हो ।

भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मीनाको ह्‍याट्रिकसँगै पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारीले १–१ गोल गरे । पहिलो हाफमै ५ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र थप्यो ।

खेलको आठौं मिनेटमा मीनाले डिबक्सको बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । १३औं मिनेटमा समिक्षाले नेपालको अग्रता दोब्बर पारिन् ।

४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अग्रतामा पुर्‍याइन् । इन्जुरी समयमा पूर्णिमा राईले दुई गोल गर्दै अग्रता अझ फराकिलो बनाइन् ।

नेपालले छैटौं गोल गर्न भने ७० मिनेटसम्म कुर्नुपर्‍यो । ७०औं मिनेटमा मीनाले गोल गर्दै ह्‍याट्रिक पनि पूरा गरिन् र नेपाल ६–० ले अघि बढ्यो । इन्जुरी समयमा सरिता कुमारीले फ्रिकिकमा गोल गर्दै नेपाललाई ७–० को अवस्थामा पुर्‍याइन् ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५–० को हार बेहोरेको थियो ।

प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने नेपालको ३ खेलमा ६ अंक भएको छ । तेस्रो स्थानमा रहेको भुटानको ३ अंक छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट