२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा अनुबन्ध

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी छन् ।

अस्ट्रेलियाको निन्जा ए–लिग खेल्न साम्बा वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी हुन् ।

साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट खेल्दै आएकी थिइन् । उनले सामाजिक सन्जालमार्फत ग्वेंगाम्पबाट अलग भएको जानकारी गराएकी छिन् । युरोपको शीर्ष लिगमा खेलेर गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास साम्बाले बनाएकी छन्।

उनले भनेकी छन्,‘प्रिय एन अभान्ट ग्वेंगाम्प परिवार, हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद। हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ। हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ। तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैँ आभारी रहनेछु। जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ।’

साम्बासँग इजरायल, भारत, माल्दिभ्सका लिग खेलेको पनि अनुभव छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट