काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।
बिहीबार दिउँसो बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा श्रीलंकाविरुद्ध नेपाल ७–० गोलअन्तरले विजयी भएको हो ।
नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल थप्यो ।
नेपालका लागि समिक्षा मगरले २ गोल, पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक–एक गोल गरे । एक आत्मघाती गोल उपहार पाएको थियो ।
यसअघि श्रीलंकासँगको पहिलो खेलमा नेपाल ७–० ले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस