काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७–० गोलअन्तरको जित निकालेको थियो । भुटानले भने हालसम्म नेपालसँग १ खेलमा र बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ ।
प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस