काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले लगातार दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ। यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो ।
आईसीसीको वार्षिक कन्फ्रेन्समा सहभागी हुन सिंगापुर पुगेका क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरेका हुन्। आईसीसी अध्यक्ष जय साहले अवार्ड हस्तान्तरण गरेका हुन्।
उक्त क्याटगोरीमा क्षेत्रीय विजेताका रुपमा अफ्रिकाबाट नामिबिया, एसियाबाट नेपाल, अमेरिकाबाट बर्मुडा, इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए।
क्यानले पछिल्लो वर्ष डिजिटल उपस्थितिमा उल्लेखनीय उपलब्धि हासिल गरेको तथ्यांक आईसीसीले सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस