२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शेयर बजार दोहोरो अंकले बढ्यो, १६ अर्ब ३२ करोड माथिको कारोबार

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२ को विन्दुमा बन्द भएको हो ।

आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट