काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक बस्ने भएको छ । सचिव पारस खड्काले साउन १५ गतेका लागि बोर्ड बैठक बोलाएका हुन् ।
स्रोतका अनुसार उक्त बोर्ड बैठकमा गत वर्ष आयोजित नेपाल प्रिमियर लिग (एनपीएल)को आम्दानी–खर्चको प्रतिवेदन पेस गरिने छ । एनपीएलको हिसाबकिताब अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै नेतृत्वको आलोचना भईरहेको छ ।
क्यानले गत वर्ष एनपीएलको पहिलो संस्करण आयोजना गरेको थियो ।
एनपीएलको हिसाबकिताब बोर्ड बैठकबाट पारित भएसँगै पत्रकार सम्मेलनमार्फत क्यानले सबै हिसाब सार्वजनिक गर्नेछ ।
बोर्ड बैठकका अन्य एजेन्डाहरु भने तय हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस