काठमाडौं । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ५.१७ अंकले बढेर २,९८३ बिन्दुमा कायम भएको छ ।
सामान्य अंकले बढेको शेयर बजारमा आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १९ अर्ब ५७ करोडको कारोबार भएको हो ।
ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ । ग्रिन भेन्चर्सका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाए ।
भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक ५.३२ प्रतिशतका दरले गुमाए । ग्रिन विकास बैंकका लगानीकर्ताले ४.२६ प्रतिशत र अभियान लघुवित्तका लगानीकर्ताले ४.१३ प्रतिशतका दरले गुमाए ।
प्रतिक्रिया दिनुहोस