२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आयोन ईभी खरिदमा नयाँ अफर, ८ लाख रुपैयाँसम्मको छुट

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटी थप सुलभ बनाउने उद्देश्यले आयोनले ‘द एक्स्ट्रा अर्डिनरी अफर’ सार्वजनिक गरेको छ।

यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर सीमित अवधिका लागि लागु हुने छ । कम्पनीका अनुसार मूल्य छुटका अतिरिक्त ग्राहकहरूले अन्य थप सुविधा पनि प्राप्त गर्नेछन् ।

अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्य घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न र ७ वर्षसम्मको ऋण अवधि पाउनेछन् । साथै, प्रत्येक खरिदमा ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर तथा एक वर्षको सवारी कर र बीमा उपलब्ध हुनेछ ।

यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फ आयोनको दृष्टिकोणलाई सुदृढ गर्नु रहेको कम्पनीको भनाइ छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ