२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डीडीसीले मंसिरदेखि किसानलाई दूधको भुक्तानी गर्न सकेन, ६ करोड रकम भुक्तानी गर्न बाँकी

शनिवार , श्रावण १०, २०८२

कंचनपुर । दुग्ध विकास संस्थान (डीडीसी)ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कंचनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ ।

संस्थानले गत मंसिरदेखि संकलन भएको दूधको भुक्तानी गर्न नसकेको हो ।

संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरुले जानकारी दिए । “हामीले डीडीसीबाट मंसिरयताको ६० लाख रकम पाउनुपर्ने बाँकी छ,” उनले भने, “डीडीसीले सहकारीलाई भुक्तानी गर्न नसकेपछि हामीले पनि किसानलाई समयमा भुक्तानी गर्न सकेका छैनौँ ।”

डीडीसी धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराईले कंचनपुरका सातवटा सहकारी र ३४ वटा फार्मको ६ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए । “कात्तिकदेखि चैतसम्म बढी दूध संकलन हुने भएकाले भुक्तानीमा ढिलाइ भएको हो,” उनले भने, “बाँकी रहेको ६ करोड छिट्टै भुक्तानी हुन्छ । तीन करोड ३७ लाख गत महिनामा भुक्तानी गरिसकेका छौँ ।”

उनले कंचनपुरबाट महिनामा दुई हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार