२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली बजारमा बीवाईडीको सिलायन ७, 'अर्ली बर्ड अफर' मा २ लाख सस्तो

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले 'बीवाईडी सिलायन ७' इलेक्ट्रिक एसयूभीको औपचारिक बिक्री सुरु गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजि समारोहबीच सिलायन ७ लाई सार्वजनिक गरिएको हो । कम्पनीले उक्त गाडीको बुकिङ असार २० गतेदेखि खुलाएकामा बिहीबारबाट बेच्न सुरु गरेको हो ।

केही समयका लागि ‘अर्ली बर्ड अफर’ स्वरुप कम्पनीले गाडीको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ तोकेको छ। गाडीको खास मूल्य ७४ लाख ९९ हजार रुपैयाँ हो।

यस एसयूभीमा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक राखिएको छ, जसले एक पटकको फुल चार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्न सक्ने कम्पनीको दाबी छ ।

गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर उपलब्ध छ। यसमा सिलमा जस्तै हेडअप डिस्प्लेको पनि सुविधा छ।

पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट गाडीका विशेषता हुन्।

यस्तै, फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ गाडीका अन्य फिचर हुन्।

सुरक्षाको लागि, गाडीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल तथा रियर कोलिजन वार्निङ सुविधा पनि उपलब्ध गराइएको छ ।

बीवाईडी सिलायन ७ सार्वजनिक भएसँगै, साइमेक्स इन्कले नेपालमा विद्युतीय सवारीमा रूपान्तरणलाई तीव्र बनाउन आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ।

नेपालको बजारमा साइमेक्सले ल्याएको छैठौं बीवाईडी मोडेलको रूपमा, सिलायन ७ ले अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट र उद्देश्यपूर्ण डिजाइनको संयोजन गर्दै नेपालको ईभी बजारमा आफूलाई एक प्रमुख फ्ल्यागशिपको रूपमा स्थापित गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ