२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

'फरथिङ फ्राइडे' ईभी मोबिलिटी एक्स्पोमा राखिने, के छन् विशेषता ? कति पर्छ मूल्य ?

सोमवार , श्रावण १२, २०८२

काठमाडौं। लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले डोङफेङ ब्रान्डको 'फरथिङ फ्राइडे' ईभी नेपाल भित्र्याएको छ । यो इभीलाई साउन २१ गतेदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा फरथिङ दुई भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले प्रकाशित गरेको मूल्यसूची अनुसार लग्जरी भेरियन्टको ५६ लाख ९६ हजार रुपैयाँ र एक्जुकेटिभ भेरियन्टको ६२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

यस्ता छन् विशेषता

फरथिङ फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ । यसलाई ११ किलोवाटको एसी चार्जरले पूर्ण चार्ज गर्न ५।५ घण्टा लाग्ने कम्पनीको दाबी छ ।

त्यस्तै, १२० किलोवाटको डीसी फास्ट चार्जरले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केवल ३५ मिनेट लाग्नेछ, जसले लामो दूरीको यात्रालाई सहज बनाउनेछ ।

फरथिङको फ्राइडे मोडलको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम रहेको छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

पानारोमिक सनरुफ उपलब्ध कारमा १९ इन्चको स्पोर्टस् टायर दिइएको छ । इन्टेलिजेन्ट ४.० फ्युचर लिंक टेक्नोलोजी प्रयोग भएको कारमा १०.२५ इन्चका दुई स्क्रीन उपलब्ध छन् । ३६० डिग्री क्यामेरा, लेदर सिट, क्रिस्टल गियरनव यसमा पाउन सकिन्छ । इलेक्ट्रीक सिट मेमोरी इलेक्ट्रीक टेलगेट, हिटिङ र भेन्टिलेटेड फ्रन्टसिट, सिट मसाज लगायत फिचर रहेको छ ।

सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, एचबीए, एएसआर, ईएसपी, अपहिल डाउनहिल असिस्ट, अटोमेटिक पार्किङ, फ्रन्ट पार्किङ राडार, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वानिङ, फ्रन्ट कोलुजन वार्निङ, ब्लाइण्ड स्पट डिटेक्सन, अटोमेटिक अनलग इन कोलुजन जस्ता फिचर रहेको छ ।

लक्ष्मी ग्रुपले नेपालमा हुन्डाई, बीएमडब्लू, केई, एसएमएल, इसुजु जस्ता विश्व प्रख्यात ब्राण्डहरू बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ