२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमा आयोजना हुने

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपालले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको हो । यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।

उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म हुनेछ । १० टोलीहरूले विश्वकपमा चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, जुन प्रतियोगिता २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने तयारी छ ।

बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्‍वालिफायरका लागि स्वतः छनोट भएका छन् । त्यस्तै, एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ ।

२०२६ को आईसीसी महिला टी–२० विश्वकप इंग्ल्याण्ड र वेल्समा हुनेछ भने यो १२ जुनदेखि ५ जुलाईसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट