२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल गोर्खा खुकुरी मार्शल आर्टस् संघको ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्शल आर्टस् संघको टोखा र तारकेश्वर शाखाबाट २७ जना खेलाडीहरूले 'ब्ल्याक बेल्ट ग्रेडिङ' प्राप्त गरेका छन् ।

३ वर्ष लामो अन्तरालपछि गरिएको चौथो नेशनल 'ब्ल्याक बेल्ट ग्रेडिङ' कार्यक्रम यही साउन ७ गतेदेखि १७ गतेसम्म चलेको थियो । उक्त १० दिने ग्रेडिङ तालिम संघका प्रमुख गुरु श्री बोगटी र सहायक गुरुहरूद्वारा सञ्चालन गरिएको थियो ।

तालिमका क्रममा खेलाडीहरूले आत्मरक्षा, अनुशासन र मार्शल आर्टसका विविध प्रविधिहरूमा प्रशिक्षण प्राप्त गरे । कार्यक्रमको दिक्षान्त समारोह साउन १७ गते काठमाडौं टोखामा सम्पन्न भएको थियो ।

समापन समारोहमा संघका प्रमुख गुरु श्री बोगटी, मुख्य प्रशिक्षक तथा सहायक गुरुहरूको उपस्थितिमा २७ खेलाडीहरूलाई प्रमाणपत्र र ब्ल्याक बेल्ट वितरण गरिएको थियो।

समापन समारोहमा संघका पदाधिकारी, सदस्यहरू, नगर संघका अध्यक्ष र अन्य सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिती रहेको थियो ।

नेपाल गोर्खा खुकुरी मार्शल आर्टस संघले यस्ता तालिम र ग्रेडिङ कार्यक्रमहरू निरन्तर गर्दै आएको छ । यसले युवा वर्गमा आत्मरक्षा र अनुशासनका साथै खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास संघको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट